मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त भएका छन् भने सञ्जयकुमार यादव अर्थमन्त्री बनेका छन् । यसैगरी वसन्तकुमार सुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री बनेका छन् ।
यसैगरी सुरिताकुमारी साह सामाजिक विकास मन्त्री, सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बन्दा मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्रीहरुमा अबुल कलाम आजाद, केशव राय र संञ्जय कुमार यादव रहेका छन् । मन्त्रीहरूको आजै प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण