देशको फाइँदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।
देशलाई फाइँदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो ।
मुख्यसचिव बैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक साबित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औंल्याए । उनले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोही अनुसार हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै अर्थ सचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यकता देखेको बताए । उनले सूचना र प्रविधिको बजार क्षण भरमै फेरिने भएकाले त्यसको व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको स्पष्ट पारे ।
अर्थ सचिव रायाले सूचना प्रविधिको प्रयोगका लागि बजेटको अभाव हुन नदिन पनि ध्यान दिनुपर्ने बताए । उनले सूचना प्रविधिको बजारमा नेपालको प्रवेश सहज नभएकाले त्यसतर्फ पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण