शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साओमीका मोबाइल, ल्यापटप किन्दा नबिलबाट शून्य प्रतिशत इएमआई सुविधा पाइने

शुक्रबार, २० माघ २०७९, १९ : ५२
शुक्रबार, २० माघ २०७९

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्यापटपमा इएमआइ सुविधा दिने भएको हो । 

अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाज्युले भने, ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो शून्य प्रतिशत इएमआइको सुविधा ल्याएको हो’ उनले भने । 

देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि कम्पनीले यस्तो अफर ल्याएको उनको भनाइ छ । 

यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले साओमीका उत्पादनहरु प्रयोग गर्न पाउने उनको विश्वास छ । त्यस्तै उपभोक्ताहरु यो अफरसँगै बेस्ट मोबाइल डिल पाउन उत्साहित हुनुहुने समेत उनले बताए ।

यो अफरसँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमि का टिभि, ल्यापटप, लगायत स्मार्टफोनमा शून्य प्रतिशतकोइएमआइको सुविधा सँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन् । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुने कम्पनीले जनाएको छ । यस्तै नयाँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप