शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय : १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल

शुक्रबार, ११ फागुन २०७४, १० : २१
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् । 

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । 

बैठकले सरकारको कार्य सम्पादन नियमावलिलाई परिर्वतन गरि मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यालय सहित १८ हुने गरि कायम गर्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

तात्कालिन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदनलाई आधार मानी केन्द्रमा  १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको हो ।

यसअघि, एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो । सोही सहमतिलाई आज बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप