४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने
एजेन्सी । पोल्याण्डका खेलकुद तथा पर्यटन मन्त्री कामिल बोर्टनिकजुकले पेरिस ओलम्पिक ४० देशले बहिष्कार गर्न सक्ने र ओलम्पिकका सम्पूर्ण प्रतियोगिताहरु अर्थहिन बनाउन सक्ने बताएका छन् । पछि पोल्याण्ड, लिथुआनिया, इस्टोनिया र लाटभियाले संयुक्त रूपमा रसियालाई पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न दिने अनुमतिलाई अस्वीकार गरेका थिए ।
त्यसपछि रसियाका खेलकुद मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । यता युक्रेनले पनि रसियाको सहभागिता हुने भए पेरिस ओलम्पिक बहिष्कार गर्ने बताएको छ । बोर्टनिकजुकले १० फेब्रुअरी बस्ने ओलम्पिकको बैठक अघि रसियाको सहभागिता गर्न नदिन इङ्ल्यान्ड, अमेरिका र क्यानडा सहितको ४० देशहरुले समर्थन जनाउने बताएका छन् ।
‘मलाई लाग्दैन कि ओलम्पिक अघि केही कडा निर्णयहरु लिन बाध्य हुनेछौं । हामीले ओलम्पिकका खेलहरु बहिष्कार गर्नेछौं । हामीले जुन खेलहरु बहिष्कार गर्नेछौं हाम्रो समर्थनमा रहेका देशरुले पनि बहिष्कार गर्नेछन्,’ उनले भने । ओलम्पिकले रसिया र बेलारुसको खेलाडीहरुलाई तटस्थ झण्डामुनि रहेर पेसिर ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण