राजनीति
कमल थापालाई ‘राप्रपा नेपाल’ दिने लाक्पा समूहले पार्टी छाड्दै
शनिबार, २१ माघ २०७९, २० : ५९

काठमाडौँ । कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको छ । पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो । यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए ।
तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
-
नयाँ वर्षमा यामाहाले ल्यायो 'पावर अफ फाइभ' उपहार योजना