एभर्टनसँग आर्सनल स्तब्ध
शनिबार, २१ माघ २०७९, २० : ५६
लण्डन । एभर्टनका नयाँ म्यानेजर सन डाइचले प्रिमियर लिगमा स्वपनील सुरुवात गरेका छन् । उनको पहिलो खेलमा नै एभर्टनले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको अर्सानललाई १–० गोलले हराएको हो ।
फ्रांक लाम्पार्डलाई बर्खास्त गर्दै एभर्टनले डाइचलाई गत सोमबार क्लबको नयाँ म्यानेजर नियुक्त गरेको थियो । तर, उनको नेतृत्वमा रेलिगेसन क्षेत्रमा रहेको घरेलु टोलीले सबै प्रतियोगिताका पछिल्ला ११ खेलमा पहिलो जीत हासिल गर्न सफल रह्यो । खेलको ६० औँ मिनेटमा जेम्स टार्कोस्वकीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
उता पराजयपछि शीर्ष स्थानमा पाँच अंकमा सीमित भएको छ । २० खेलबाट आर्सनलको ५० अंक रहेको छ भने सिटीको ४५ अंक रहेको छ । एभर्टन १८ अंकसहित लिगको रेलिगेसन क्षेत्रभन्दा ठीक माथि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण