मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एभर्टनसँग आर्सनल स्तब्ध

शनिबार, २१ माघ २०७९, २० : ५६
शनिबार, २१ माघ २०७९

लण्डन । एभर्टनका नयाँ म्यानेजर सन डाइचले प्रिमियर लिगमा स्वपनील सुरुवात गरेका छन् । उनको पहिलो खेलमा नै एभर्टनले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको अर्सानललाई १–० गोलले हराएको हो ।

फ्रांक लाम्पार्डलाई बर्खास्त गर्दै एभर्टनले डाइचलाई गत सोमबार क्लबको नयाँ म्यानेजर नियुक्त गरेको थियो । तर, उनको नेतृत्वमा रेलिगेसन क्षेत्रमा रहेको घरेलु टोलीले सबै प्रतियोगिताका पछिल्ला ११ खेलमा पहिलो जीत हासिल गर्न सफल रह्यो । खेलको ६० औँ मिनेटमा जेम्स टार्कोस्वकीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

उता पराजयपछि शीर्ष स्थानमा पाँच अंकमा सीमित भएको छ । २० खेलबाट आर्सनलको ५० अंक रहेको छ भने सिटीको ४५ अंक रहेको छ । एभर्टन १८ अंकसहित लिगको रेलिगेसन क्षेत्रभन्दा ठीक माथि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप