शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल र गोलीसहित मिटर ब्याजी पक्राउ

शनिबार, २१ माघ २०७९, २१ : ४०
शनिबार, २१ माघ २०७९

धनुषा । धनुषाबाट एक जना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले उजुरी दिएका थिए । साहलाई  प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

साहको घर तथा पसल खान तलासी गर्दा कपाली तमसुक, जग्गा धनी पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १  थान १ बरामद गरेको थियो । साहलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप