मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न विपक्षी गठबन्धनको बैठक बस्दै

आइतबार, २२ माघ २०७९, ०६ : ३१
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए । 

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।  आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप