आधुनिक समाजमा यातायात एउटा अपरिहार्य आवश्यकता हो : मन्त्री पाण्डे
सहरी विकासमन्त्री विक्रम पाण्डेले यातायात विकासको पूर्वाधारको पनि पूर्वाधार भएको बताएका छन् । दीगो गतिशिलताका लागि एकीकृत यातायात विषयक अन्तरराष्ट्रिय सम्मेलनमा उनले आधुनिक समाजमा यातायात एउटा अपरिहार्य आवश्यकता भएको बताए
'जनजीविकाका आधारभूत आवश्यकता पूरा गर्नेदेखि लिएर कुनै पनि समुदाय, समाज, गाउँ, सहर मात्र नभई समग्र देश र विश्वव्यापी अन्तरसम्बन्धका लागि यातायात सेवा अनिवार्य रहेको कुरा हामी सबैलाई बिदितै छ,' मन्त्री पाण्डे भने ।
'नेपालको यातायात क्षेत्र समग्र यातायात सेवाको झन्डै नब्बे प्रतिशत सडक यातायातमा भरपर्नु परिरहेको उनको भनाइ छ । देशभरमा हालसम्म करिब एकलाख किलोमीटर विभिन्न स्तरका सडक निर्माण भएका छन्,' मन्त्री पाण्डे भन्छन्, 'दीगो र भरपर्दो यातायातका लागि सडक निर्माण भएर मात्रै पनि जनताले सेवा पाउने वा देश विकास भइहाल्ने होइन, निर्माण भएका सडकहरु सुरक्षित, भरपर्दो तथा स्तरीय हुन र त्यस्ता सडकको उचित तवरले उपयोग पनि भएको हुनु पर्दछ ।'
वर्तमान समयको माग अनुसार यातायातका अन्य माध्यमहरु रेल, हवाई यातायात, जल यातायातको एक आपसमा उचित तवरले परिपूरककोरुपमा विकास हुन आवश्यक रहेको उनले बताए । यसका लागि आवश्यक नीतिहरु निर्माण गर्न र विद्यमान नीतिहरु आवश्यकता अनुसार परिमार्जन गर्न नेपाल सरकार कटिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ ।
सहरी क्षेत्रमा जनघनत्व बढी हुँदै जाँदा स्थान अभावको समस्या, भू–उपयोग र व्यव्स्थित सहरीकरणको अभावमा यातायात लगायतका आधारभूत आवश्यकताका सुबिधा उपलब्ध गराउने कुरा सरकारलाई प्रमुख चुनौतिको रुपमा रहेको उनले बताए ।
'मैले हाल सम्हाली रहेको सहरी विकास मन्त्रालयको नेपालका सहरी र ग्रामिण यातायात पूर्वाधार निर्माण गर्ने जिम्मेवारी पनि रहेको हुनाले यस सम्मेलनको सिफारिसबाट मेरो मन्त्रालय र व्यक्तिगत रुपमा म स्वयम् पनि लाभान्वित हुने कुरामा म बिश्वस्त छु,' मन्त्री पाण्डेले भने ।
यातायात सुरक्षा, पूर्वाधारहरुको स्तरोन्नति आवस्यक नीति नेपाल सरकारले ल्याएको भन्दै विज्ञहरुको सल्लाह र सहयोगमा तीनको प्रभावकारी कार्यन्वयन पनि गरिने मनत्री पाण्डेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण