नक्कली नोटसहित दुई जना पक्राउ
सिराहा । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेहरूमा सिराहा जिल्लास्थित लहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोही नगरपालिका १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैँतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिम कार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद गरिएको छ ।
उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण