शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । शुभम् पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि खुला गरेको आईपीओमा आवेदन नदिएका र कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको सेयरमा थप सेयर गरी माघ १८ गते आइपीओ निष्कासन गरेको थियो । सोहीअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्टाएको हो ।
यस कम्पनीले १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोष ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता र कर्मचारीहरूलाई २ प्रतिशतले हुने ११ हजार ६१० कित्ता छुट्टाएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
-
यौटा सपनाको अवसान अर्थात् बिरेनप्रतापको सपना र पुँजीवाद
-
मानव अधिकार हनन्मा राज्यको निर्लज्जता : नामै किटान गरेर पठाएको सिफारिस पनि कार्यान्वयन गर्दैन सरकार
-
शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै
-
घट्यो स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ, गत वर्षभन्दा करिब २८ अर्बले कम
-
फेरि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला १ लाख ९ हजार रुपैयाँ