शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो

आइतबार, २२ माघ २०७९, १० : ४४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । बिपिडब्लु लघुवित्तले  आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा फागुन ८ गतेसम्म मा आवेदन दिन सक्नेछन् भने यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ । यसमा फागुन २३ गतेसम्ममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप