निर्णायक बैठकअघि रवि लामिछाने बालुवाटार र बालकोटमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे थिए । ‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।
प्रचण्डलाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजाइले रास्वपाका सभापति लामिछाने र ओलीबिच भेट नभएको जिकिर गरे । ‘अध्यक्षज्यू र रविबीच भेटघाट भएको छैन । भेट्ने कार्यतालिका पनि छैन,’ बजगाईँले जिकिर गरे ।
सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ । तर उनको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रचण्डले अडान लिएका छन् । पछिल्लो समय पार्टीका नेताहरुले पनि रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आएका छन् । लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।
गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने लामिछानेले चेतावनी दिइरहेका छन् । गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले केही दिन फर्किन आग्रह गरेपछि रोकिएका थिए । लगत्तै बैठक बसेर लामिछानेले शुक्रवार र शनिवार २ दिनको अल्टिमेटम दिएका थिए । सो अल्टिमेटम शनिवार सकिए पनि रास्वपा निष्कर्षविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउनुपर्छ : उपमहासचिव गुरुङ
-
तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम
-
मध्यपहाडी लोकमार्ग : पोखरा खण्डका स्थानीय आन्दोलित
-
१२१ वर्षअघि टुँडिखेलमा फिल्म हेर्ने दर्शकदेखि आजसम्म
-
यसरी गरौँ निपाह भाइरसको उपचार र रोकथाम
-
बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन बिदा पाउने