अधिकारीको ब्रह्मास्त्र सार्वजनिक
काठमाडौँ । कथाकार शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ कथा सङ्ग्रह सार्वजनिक गरिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा साहित्यकार कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले शनिबार सो कृति सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिकपश्चात् अन्तक्र्रिया पनि आयोजना गरिएको थियो, जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे अन्तक्र्रिया गरेका थिए । अन्तक्र्रियाका क्रममा कृतिका लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए । यसमा सङ्कलित कथाहरू गुरुप्रसाद मैनालीको प्रवृत्तिभन्दा फरक तरिकाले लेखिएको बताए ।
“म कथा लेखनको माध्यम मात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्,” अन्तक्र्रियामा उनले भने, “मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु ।”
सो कार्यक्रममा ब्रह्मास्त्र पुस्तकमा सङ्कलित मथिङ्गल कथामा आधारित नाटक पनि शिल्पीका कलाकारहरूले प्रस्तुत गरेका थिए । यसअघि साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।
चार सय ५० रुपियाँ मूल्य तोकिएको यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण