सुर्खेतमा साढे १ लाख बराबरका अवैध सामान प्रहरी नियन्त्रणमा
आइतबार, २२ माघ २०७९, १५ : १५
सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा भित्र्याउन लागिएका सामानहरू नियन्त्रणमा लिएको छ । प्रहरीले कुर्ता सुरुवाल र कस्मेटिक सामानहरू जफत नियन्त्रणमा लिएको हो ।
भेरिगंगा नगरपालिका–१ टोलीखोलाबाट झण्डै साढे १ लाख बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा३ख४०९८ नं. को फोर्स गाडीबाट ८८ हजार ५ सय बराबरको ५९ वटा ठुलो कुर्ता सुरुवाल र ७ हजार बराबरको सानो कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ ।
यस्तै ५० हजार बराबरको कस्मेटिक सामानहरू पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त समानहरुको बिल नभएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामग्री इलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण