सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा साढे १ लाख बराबरका अवैध  सामान  प्रहरी नियन्त्रणमा

आइतबार, २२ माघ २०७९, १५ : १५
आइतबार, २२ माघ २०७९

सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा भित्र्याउन लागिएका सामानहरू नियन्त्रणमा लिएको छ  । प्रहरीले कुर्ता सुरुवाल र कस्मेटिक सामानहरू जफत नियन्त्रणमा लिएको हो । 

भेरिगंगा नगरपालिका–१ टोलीखोलाबाट झण्डै साढे १ लाख बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा३ख४०९८ नं. को फोर्स गाडीबाट ८८ हजार ५ सय बराबरको ५९ वटा ठुलो कुर्ता सुरुवाल र ७ हजार बराबरको सानो कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ  ।

यस्तै ५० हजार बराबरको कस्मेटिक सामानहरू पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त समानहरुको बिल नभएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामग्री इलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप