शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भयो : अध्यक्ष ओली

आइतबार, २२ माघ २०७९, १५ : २४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसद्जस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले काँग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताए । उनले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । उनले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको निर्वाचनमा समस्या खडा गर्नु रहेको बताए । 

उनले भने, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठिकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप