पासपोर्टमा फसाउनुहोला, म तयार छु ! : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानी केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए ।
‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुख पर्यो भनेपनि म रेडी छु । तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफै लड्छु’, लामिछानेले भने ।
उनले गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अव बाहिर निस्केपछि पनि के गर्न सक्छु र ? भन्दै प्रश्न गरे ।
‘बाहिर आएपछि त के गर्नसक्छु र ? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन । १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्यो त्यसकारण म गृहमा जान खोजेको हो’, उनले भने, ‘प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अहएको धेरै पत्रकारले मान्ने गरेको समेत बताए ।
उनले आफू जेल परेपनि र मरेपनि आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । उनले आफ्नो मुद्दाका दिन रामेश्वर थापा कहाँ कहाँ कुन न्यायाधीशकोमा जानुभयो भन्ने आफूलाई सबै थाहा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण