बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म जेल परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ : रवि लामिछाने

आइतबार, २२ माघ २०७९, १७ : १४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जेल गएपनि पार्टी अघि बढ्ने बताएका छन् । पासपोर्टको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गरेका उनले आफूले कुनै दुरुपयोग भने नगरेको बताए ।

आइतबारको पत्रकार सम्मेलनमा उनले आफूले यही विषयमा जेल जान परेपनि पार्टीभने अघि बढ्ने र पाँच वर्षपछि रास्वपाले नै सरकार बनाउने बताए । 

‘म जेल जान परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’, उनले भने, ‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ । यो बेथितिबाट वाक्क दिक्क भएको बेलामा हामी सरकारमा गएका हौँ ।’ 

उनले आफूहरू फोहोर सफा गर्नकै लागि सरकारमा गएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप