बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीसँग अलग्गिए, अब कसको प्रेममा परे आमिर खानका भान्जा इमरान खान ?

सोमबार, २३ माघ २०७९, १३ : २४
सोमबार, २३ माघ २०७९

आमिर खानका भान्जा इमरान खान लामो समयदेखि शोबिज इन्डष्ट्रिसँग टाढा छन् । इमरान पछिल्लो समय आफ्नो निजी जीवनका कारण चर्चामा आएका छन् । इमरान खान आफ्नी श्रीमती अवन्तिकासँग अलग्गिइसकेको कुरा सबैलाई थाहा छ । अब खबर यो छ कि इमरान पुनः प्रेममा छन् । सोसल मिडियामा इमरान खानलाई मिस्ट्री गर्लसँगको तस्बिर भाइरल भइरहेको छ । यी दुई एक–अर्कालाई डेट गरिरहेका छन् भन्ने चर्चा छ । ती मिस्ट्री गर्ल को हुन् भन्नेबारे जानकारी लिऔँ ।

कसलाई डेट गरिरहेका छन् इमरान खान ?

इमरान खानको जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा उनी दक्षिण भारतकी नायिका लेखा वासिङ्टनसँग देखिएका छन् । दुवैले एक–अर्काको हात समातिरहेका छन् । इमरान कूल लुकमा देखिएका छन् । ब्ल्याक टी–सर्ट र ब्लु जिन्समा इमरान स्टाइलिस देखिए । यस्तै, लेखा प्रिन्टेड ड्रेसमा निकै राम्री देखिइन् । साथै, इमरान र लेखा निकै खुसी देखिएका छन् । इमरान र लेखाको तस्बिर र भिडियो सार्वजनिक भएपछि दुवैको डेटिङको अड्कलबाजी गरिँदै छ ।

श्रीमतीसँग अलग्गिए इमरान !

इमरान र लेखाको यसबारे कुनै आधिकारिक जानकारी आइसकेको छैन । अघिल्लो वर्ष इमरान र अवन्तिका मलिकले अलग्गिने निर्णय गरे । दुवैले थुप्रै पटक आपसी मतभेदलाई सुल्झाउने निर्णय गरे तर कुरा मिल्न सकेन । इमरान पुनः अवन्तिकासँग बस्न नचाहेको बताइयो । अर्कोतर्फ अवन्तिका यो विवाहलाई दोस्रो मौका दिन चाहन्थिन् । तर स्थिति सहज नभएपछि अलग्गिने निर्णय गरे । यो विवाहबाट इमरान र अवन्तिकाका ८ वर्षकी छोरी इमारा छिन् । इमरान र अवन्तिकाको विवाह सन् २०११ मा भएको थियो । सन् २०१९ मा दुवै अलग्गिएको खबर आउन थाल्यो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by yogen shah (@yogenshah_s)

लेखा वासिङ्टन र इमरान खानको अफेयरका कारण पनि उनीहरूको विवाह टुट्यो भन्ने खबर छ । लेखाका पूर्व श्रीमान् पाबलो चटर्जी र इमरान मिल्ने साथी थिए । इमरानको नाम लेखासँग जोडिइरहेका बेला केही समय अघि अवन्तिकाको साहिब सिंह लाम्बासँग पनि जोडिएको थियो । यी दुई पनि डेटिङ गरिरहेको खबर आयो । यद्यपि, यो कुराको पनि पुष्टि भइसकेको भने छैन ।

 को हुन् लेखा वासिङ्टन ?

लेखा तमिल र तेलुगु फिल्ममा काम गर्छिन् । यी दुईले फिल्म मटरु की बिजली का मंडोलामा काम गरेका थिए । लेखाले हिन्दी फिल्म म युवा, पिटर गया काम से मा काम गरेका छन् । उनको पहिलो फिल्म काधालार धिनाम थियो । यसमा लेखाले क्यामियो भूमिका निभाएकी थिइन् । लेखा नायिका हुनुका साथै आर्टिस्ट, डिजाइनर र लिरिसिस्ट पनि हुन् । लेखाको विवाह पाबलो च्याटर्जीसँग सन् २०१७ मा भएको थियो । यद्यपि, अब यी दुई अलग्गिइसकेको भन्ने खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप