एनसीसीमा नेविसंघका दुई पक्षबीच झडप (तस्बिरहरु)

काठमाडौं । मिनभवनस्थिति नेपाल कमर्श क्याम्पस (एनसीसी)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच झडप भएको छ ।
संस्थापन इतर पक्षले नेविसंघ एनसीसी इकाई कमिटीलाई बाइपास गरेर कार्यक्रम गरेपछि झडप भएको हो । एनसीसी नेविसंघ इकाई उपसभापति अनशुल केसीले सूचना संकलनका नाममा नेविसंघ र क्याम्पस प्रमुखसँग अनुमिति नलिएर कार्यक्रम गर्दा झडप भएको बताए ।
उनले भने, ‘सूचना संकलनका नाममा एनसीसीको आधिकारिक इकाई कमिटीलाई खबर गरिएन । बाहिरबाट मान्छे ल्याएर क्याम्पस प्रमुखसँग कार्यक्रम गर्न अनुमति नलिएर हुलदंगा किसिमले कार्यक्रम गर्दा झण्डको स्थिति आएको हो ।’
संस्थापन इतर पक्षका विद्यार्थीले पहिला आक्रमण गर्दा दोहोरो झडप भएको उनको भनाइ छ । तर स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा संस्थापन पक्षले गुण्डागर्दी शैलीमा कार्यक्रम भाँडेको इतर पक्षको आरोप छ ।
गुटगत स्वार्थको आधारमा पूर्वाग्रह र रिस साँधेर क्याम्पस छिर्न नदिएको इतर समूहका विद्यार्थीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छैन नेपालमा !
-
रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु
-
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
-
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही (तस्बिरहरू)
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका