एनसीसीमा नेविसंघका दुई पक्षबीच झडप (तस्बिरहरु)
काठमाडौं । मिनभवनस्थिति नेपाल कमर्श क्याम्पस (एनसीसी)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच झडप भएको छ ।
संस्थापन इतर पक्षले नेविसंघ एनसीसी इकाई कमिटीलाई बाइपास गरेर कार्यक्रम गरेपछि झडप भएको हो । एनसीसी नेविसंघ इकाई उपसभापति अनशुल केसीले सूचना संकलनका नाममा नेविसंघ र क्याम्पस प्रमुखसँग अनुमिति नलिएर कार्यक्रम गर्दा झडप भएको बताए ।
उनले भने, ‘सूचना संकलनका नाममा एनसीसीको आधिकारिक इकाई कमिटीलाई खबर गरिएन । बाहिरबाट मान्छे ल्याएर क्याम्पस प्रमुखसँग कार्यक्रम गर्न अनुमति नलिएर हुलदंगा किसिमले कार्यक्रम गर्दा झण्डको स्थिति आएको हो ।’
संस्थापन इतर पक्षका विद्यार्थीले पहिला आक्रमण गर्दा दोहोरो झडप भएको उनको भनाइ छ । तर स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा संस्थापन पक्षले गुण्डागर्दी शैलीमा कार्यक्रम भाँडेको इतर पक्षको आरोप छ ।
गुटगत स्वार्थको आधारमा पूर्वाग्रह र रिस साँधेर क्याम्पस छिर्न नदिएको इतर समूहका विद्यार्थीको आरोप छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण