शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

सोमबार, २३ माघ २०७९, १८ : ३५
सोमबार, २३ माघ २०७९

अंकारा । टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान  गएको छ ।   

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।  

यसैबीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेको छ ।

टर्कीले 'स्तर ४' अलार्म जारी गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । 

टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको हो । (रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप