अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
सोमबार, २३ माघ २०७९, १८ : ३५
अंकारा । टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ ।
भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।
यसैबीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेको छ ।
टर्कीले 'स्तर ४' अलार्म जारी गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको हो । (रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण