एथलेटिक्स : महिला ५ हजार मिटरमा धादिङकी सन्तोषीलाई स्वर्ण
काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना भएको गोल्डेन एथलेटिक्स मिट अन्तर्गत महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न ५ हजार मिटर दौडमा सन्तोषीले निर्धारित दुरी १७ मिनेट ३७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
यसै स्पर्धामा पुलिसकी राममाया बुढाले १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा बिष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।
यस्तै ५ हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेण्डमा पूरा गरे ।
पुलिसका सन्तोषनाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेण्डको समयको साथ तेस्रो भए ।
महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेण्डमा पार गरिन् । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा बिष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।
पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेण्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निरप्रताप महतोले २२ दशमलव ८१ सेकेण्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेण्डको समय निकाल्दै तेस्रो बने ।
महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेण्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।
पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेण्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेण्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेण्डको समय निकाल्दै तेस्रो बने ।
महिला ८ सय मिटरमा एपीएफकी फूलमती राना २ मिनेट २३ दशमलव ५ सेकेण्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेण्डको समय निकाल्दै दोस्रो र सीमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।
पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने ।
महिला स्पर्धामा पुलिसकी सीमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् । एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेण्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्राकुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् । ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने ।
महिला स्पर्धामा चन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सीमाकुमारी थारु दोस्रो र वसन्ती चौधरी तेस्रो बनिन् ।
पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने ।
महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै वसन्ती चौधरी दोस्रो र गोरखाकी मञ्जु गुरुङ तेस्रो बनिन् । चार गुणा चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लवको टिम तेस्रो बन्यो ।
दुई दिने प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा विभागीयसहित ३ सय खेलाडीले सहभागिता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण