चौतर्फी दबाबपछि स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको पनिकाले अन्ततः कार्यतालिका संशोधन गरेको हो ।
वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालमा सञ्चालन हुने चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।
संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुनेछ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
उक्त कार्यतालिका पछि देशभरका विद्यार्थीहरू आन्दोलित बनेका थिए । उनीहरूले पनिकामा तालाबन्दी समेत गरेका थिए ।
चौतर्फी दबाबपछि पनिका कार्यतालिका संशोधन गर्न बाध्य भएको हो । विद्यार्थी संगठनहरूले समेत परीक्षा तालिका संशोधन गर्न त्रिविसँग माग गरेका थिए ।
चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले ज्ञापनपत्र बुझाउने, तालाबन्दी गर्ने तथा विरोध प्रदर्शन गर्दै आएका थिए ।
परीक्षाको तयारी गर्नको लागि समय नै नदिएको विद्यार्थीहरूको आरोप थियो । उनीहरूले चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा समेत आफूहरूलाई बहिस्कार गर्नको लागि त्रिविले त्यही बीचमा परीक्षा गर्न खोजेको उनीहरूको आरोप थियो ।
पनिकाले यसअघि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका पनि संशोधन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण