बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चौतर्फी दबाबपछि स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन

सोमबार, २३ माघ २०७९, १८ : ५६
सोमबार, २३ माघ २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको पनिकाले अन्ततः कार्यतालिका संशोधन गरेको हो । 

वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालमा सञ्चालन हुने चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो । 

संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुनेछ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो । 

उक्त कार्यतालिका पछि देशभरका विद्यार्थीहरू आन्दोलित बनेका थिए । उनीहरूले पनिकामा तालाबन्दी समेत गरेका थिए । 

चौतर्फी दबाबपछि पनिका कार्यतालिका संशोधन गर्न बाध्य भएको हो । विद्यार्थी संगठनहरूले समेत परीक्षा तालिका संशोधन गर्न त्रिविसँग माग गरेका थिए ।  

चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले ज्ञापनपत्र बुझाउने, तालाबन्दी गर्ने तथा विरोध प्रदर्शन गर्दै आएका थिए । 

परीक्षाको तयारी गर्नको लागि समय नै नदिएको विद्यार्थीहरूको आरोप थियो । उनीहरूले चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा समेत आफूहरूलाई बहिस्कार गर्नको लागि त्रिविले त्यही बीचमा परीक्षा गर्न खोजेको उनीहरूको आरोप थियो । 

पनिकाले यसअघि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका पनि संशोधन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप