यति एयरलाइन्स दुर्घटनाको रहस्य : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना
काठमाडौं । गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ । ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो ।
अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज ढुंगा जसरी तल झर्ने आयोगको भनाइ छ ।
यद्यपि, उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको छ ।
गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले दुर्घटनाको वस्तुस्थिति, ब्ल्याक बक्सको अध्ययनसँगै सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको छ । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।
सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको समेत थप अध्ययन गरेर फर्किएको आयोगले यस्तो निष्कर्ष निकालेको हो । यद्यपि, आयोगले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको आयोगका सदस्य सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण