तातोपानीका किसानलाई ६ हजार भन्दा बढी स्याउका बिरुवा वितरण
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई स्याउका ६ हजार ५ सय बिरुवा वितरण गरेको छ। तातोपानी-१ राँका गाउँका स्याउ किसानलाई वितरण गरिएको हो।
स्याउका बिरुवा रोप्ने समय नजिकिएसँगै तातोपानी गाउँपालिकाले किसानलाई स्याउका बिरुवा वितरण गरिएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख पदम नेपालीले बताए । प्रति किसानलाई १५ वटा बिरुवाका दरले वितरण गरिएको हो । जुम्ली रैथाने ‘डेलिसियस’ जातका बिरुवा वितरण गरिएको छ ।
बिरुवासँगै खेतीबारे ज्ञान तथा रोग किरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइने कृषि शाखा प्रमुख नेपालीको भनाइ छ। 'जुम्ली किसानको मुख्य आयस्रोत स्याउ खेती हो ।' तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भने,'तातोपानीमा स्याउ खेतीको सम्भावना राम्रो छ । स्याउ खेतीमा किसानको बढ्दो आकर्षण लाई मध्यनजर गरी अनुदान बिरुवा वितरण गरेका छौ । स्याउ खेती विस्तारमा पालिकाले थप सहयोग पनि गर्ने छ।'
गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आफ्ना कार्यक्रमहरू अघि बढाएको उनले जनाए। तातोपानी-१ का वडाध्यक्ष कर्ण बहादुर कठायतले अनुदानमा पाएका बिरुवाबाट उत्कृष्ट कृषि कर्म गरेर देखाउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण