विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
सारांश
- पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् ।
- रोनाल्डोकी दिदी कातिया अभेरियोले यो विश्वकप नै रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुने बताएकी हुन् ।
- यद्यपि, रोनाल्डोले भने हालसम्म विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिनेबारे कुनै आधिकारिक घोषणा गरेका छैनन् ।
मड्रिड । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् ।
रोनाल्डोकी दिदी कातिया अभेरियोले स्पेनिस सञ्चारमाध्यम एससँग कुरा गर्दै आफूले पाएको जानकारीअनुसार यो विश्वकप नै रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुने बताएकी हुन् ।
'हामीले यी २० भन्दा बढी वर्षमा सँगै बिताएका क्षणहरूको आनन्द लिनु अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हो । म अत्यन्त गर्व महसुस गर्छु । म कतार विश्वकपमा पनि थिएँ, अहिले पनि यहाँ छु । यो हाम्रो लागि ठुलो गर्वको विषय हो। मलाई विश्वास छ, अन्त्यमा हामी मुस्कुराउनेछौँ । रोनाल्डो आफैंमा विश्वस्त छन्, बरु उनीभन्दा हामी बढी तनावमा छौं,' कातियाले भनिन् ।
सन् २०२८ को युरोपियन च्याम्पियनसिपमा पनि रोनाल्डोले खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनिन्, 'मैले पाएको जानकारीअनुसार अब बिदाइको समय नजिकिएको छ । आजै होइन, तर यो नै उनको अन्तिम बिदाइ हुनेछ भन्ने मलाई लाग्छ । मेरो भनाइ राष्ट्रिय टोलीको सन्दर्भमा हो । मैले यो भरपर्दो स्रोतबाट थाहा पाएकी हुँ । यो विश्वकप नै उनको लास्ट डान्स हो ।'
विश्वकपमा रोनाल्डोले खेपिरहेका आलोचनाप्रति प्रतिक्रिया दिँदै कातियाले फुटबल बुझ्ने मानिसहरूले रोनाल्डोको योगदानको सम्मान गर्नुपर्ने बताइन् ।
'फुटबल बुझ्ने र बुद्धिमान मानिसहरूलाई क्रिस्टियानो मन नपर्ने कुनै कारण छैन । वास्तवमा उनीहरू नै उनको खेलबाट वञ्चित हुनेछन् । उनले दुई दशकभन्दा बढी समयसम्म विश्व फुटबलमा प्रभुत्व जमाएका छन् । आज हामी कहाँ आइपुगेका छौं र हाम्रो आवेइरो परिवार कहाँबाट आएको हो, त्यो हेर्नुस् । मेरी आमाले कति दुःख भोग्नुभयो, त्यो पनि सम्झिनुस् । के तपाईंलाई लाग्छ, यस्ता आलोचनाले हाम्रो खुसीमा असर पार्छ ? कहिल्यै पनि पर्दैन,' उनले भनिन् ।
यद्यपि, रोनाल्डोले भने हालसम्म विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिनेबारे कुनै आधिकारिक घोषणा भने गरेका छैनन् । धेरैले कातियाको भनाइलाई अहिलेसम्म व्यक्तिगत दाबीका रूपमा मात्र हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
-
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो
-
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
-
पोर्चुगल र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकियो
-
आजको राशिफल र पञ्चाङ्ग : कुन राशिलाई कस्तो योग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण