विश्वकपमा उनाइ सिमोनको नयाँ इतिहास, ३६ वर्ष पुरानो कीर्तिमान तोडे
काठमाडौँ । स्पेनका गोलरक्षक उनाइ सिमोनले फिफा विश्वकपको इतिहासमा सबैभन्दा लामो समयसम्म गोल नखाने गोलरक्षक बनेर नयाँ कीर्तिमान कायम गरेका छन् ।
सिमोनले विश्वकपका फाइनल चरणका खेलमा लगातार ५१९ मिनेट गोल नखाई नयाँ विश्व कीर्तिमान बनाएका हुन् । यससँगै उनले सन् १९९० को विश्वकपमा इटालीका गोलरक्षक वाल्टर जेन्गाले बनाएको ५१८ मिनेट लामो क्लिन सिटको कीर्तिमान तोडेका छन् ।
विश्व कीर्तिमानको आधिकारिक अभिलेखअनुसार सिमोनले नकआउट चरणमा अस्ट्रियाविरुद्धको खेलका क्रममा जेन्गाको ३६ वर्ष पुरानो कीर्तिमान उछिनेका हुन् । उनले त्यस खेलमा पनि क्लिन सिट कायम राख्दै स्पेनलाई ३–० को जित दिलाए ।
सिमोनको यो अविजित यात्रा कतारमा भएको २०२२ विश्वकपपछि सुरु भएको हो । जापानसँग २–१ को हारपछि उनले विश्वकपमा कुनै पनि गोल बेहोरेका छैनन् । त्यसयता २०२६ विश्वकपका समूह चरणका सबै खेल र अन्तिम ३२ को खेलसम्म उनले लगातार विपक्षीलाई गोल गर्न दिएका छैनन् ।
स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको बेला सिमोनको सानदार गोलरक्षक प्रदर्शन टोलीको सफलताको प्रमुख आधार बनेको हो । उनले प्रतियोगिताभर उत्कृष्ट बचाउ गर्दै स्पेनलाई उपाधि दाबेदारका रूपमा उभ्याएका छन् ।
विश्वकप इतिहासमा लगातार सबैभन्दा लामो समय गोल नखाने गोलरक्षकको सूचीमा अब सिमोन शीर्ष स्थानमा पुगेका छन् भने वाल्टर जेन्गा दोस्रो स्थानमा झरेका छन् । जेन्गाको कीर्तिमान सन् १९९० देखि ३६ वर्षसम्म कायम रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण