बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा आगलागी, एक जनाको मृत्यु

मङ्गलबार, २४ माघ २०७९, ०८ : १८
मङ्गलबार, २४ माघ २०७९

जुम्ला  । जुम्लाको चन्दननाथ नगरपालिका -१ ठिन्केमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।  

चन्दननाथका लोकबहादुर भण्डारीको घर आगलागी भएको हो। मृत्यु हुनेमा १६ वर्षकी वन्दना भण्डारी रहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो। राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए । आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप