‘अगस्त्य’ अभिनय गर्न २० किलो तौल बढाउँदै नाजिर
मङ्गलबार, २४ माघ २०७९, १५ : ४३
काठमाडौंँ । पछिल्लो समय फिल्म अभिनयका लागि कलाकार धेरै मिहिनेत गर्न थालेका छन् ।
अभिनयका लागि जीम धाउने, नृत्य सिक्ने लगायतका क्रियाकलाप सामान्य भयो, उनीहरु अहिले शारीरिक तौला समेत घटबढ गराउन थालेका छन् ।
उदाहरणको रूपमा अभिनेता नाजिर हुसेनलाई लिन सकिन्छ । केही अगाडि फिल्म ‘गुलाबी’ को फष्टलुकबाट चर्चा कमाएका उनले यो फिल्म अभिनयका लागि आफ्नो १७ किलो तौल घटाउका थिए ।
अहिले भने उनी अगस्त्य’ अभिनयका लागि २० केजी तौल बढाउन लागेका छन् । तौल बढाउन गरेको दैनिक वर्कआउटको तस्बिर उनले अहिले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरेका छन् ।
‘अगस्त्य’ सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा सौगात मल्ल र मलिकाको पनि मुख्य भूमिकामा छानिएका छन् । फिल्ममा नाजिर एक्सन अवतारमा देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण