शुक्रबार, १७ चैत्र २०७९
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

मंगलबार, २४ माघ २०७९, १५ : ४६
मंगलबार, २४ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो । सोही पार्टी २०६२÷०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण  मूलधारको राजनीतिमा आएको थियो । 

त्यसै दिनलाई सम्झेर माओवादीले हरेक फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप