न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न एकीकृत रूप दिइयो
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालयहरूले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूले बनाएको कार्ययोजनालाई एकीकृत रूप दिएको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरूले आफ्नो आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एकीकृत रूप दिएको बताइन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताइन् । उनले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताइन् ।
मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण