आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘पर्यटन संसदीय समिति’ गठन गर्न सभामुख समक्ष निजी क्षेत्रको लबिङ

मङ्गलबार, २४ माघ २०७९, १८ : ३४
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ ।

परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालको पर्यटन अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रूपमा फाइदा लिन नसकेको बताए । 

सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रूपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह गरे ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै संघ संस्थाको ऐक्यबद्धता रहेको बताए । उनले उच्च सम्भावना र बलियो भविष्य रहेको पर्यटनका माध्यमबाट देशलाई छिटो समृद्ध बनाउन पर्यटनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि समेत संसदीय समिति आवश्यक रहेको बताए । 

संसदीय पर्यटन समिति गठन गर्न नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल  (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल एसोसिएसन अफ टुर अपरेटसर्् (नाटो), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) लगायतले पत्र बुझाइसकेका छन् । 

सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउँदै संसदीय पर्यटन समिति गठनका लागि निजी क्षेत्रको सुझावलाई स्वागत गरे । यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप