सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओटीटीले नकिन्दा रोकियो सोनमको ब्लाइण्ड

बुधबार, २५ माघ २०७९, १० : ३१
बुधबार, २५ माघ २०७९

मुम्बई । हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर । अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाई सही साबित हुँदै गरेको देखिएको छ । सोनामको पछिल्लो दुई फिल्म ‘द जोया फ्याक्टर(२०१९)’ र ‘एक लड्कीको देखा तो ऐसा लगा(२०१८)’ बक्स अफिसमा पूर्ण रूपमा असफल भयो ।

यही बीचमा सोनमले विवाह गरिन् र आमा बनिन् । यो तमाम कुराबीच उनले बलिउडमा धेरै समय दिन सकिनन् र त्यसैको परिणाम स्वरूप उनको आगामी फिल्म ‘ब्लाइण्ड’ किन्न कुनै पनि ओटीटी प्लेटफर्म तयार छैनन् । यो फिल्म कोरियन फिल्म ‘ब्लाइण्ड’को अफिसियल रिमेक हो ।

यो फिल्म सन् २०२२ मा रिलिज हुनुपर्ने थियो । तर कोरोनाका कारण बक्स अफिसको अवस्था नाजुक थियो । ठुला स्टारको फिल्म पनि असफल भएको बेला निर्माताले ‘ब्लाइण्ड’ रिलिजको जोखिम लिन चाहेनन् । त्यहीकारण उनीहरुले फिल्मलाई ओटीटीमा रिलिज गर्न चाहे ।

तर फिल्मका निर्माताले ४० करोडको माग गरेपछि कुनै पनि ओटीटीले त्यो पैसा दिन तत्परता देखाएका छैनन् । उनीहरुले यति धेरै रकम दिनु घाटासँग सम्झौता गर्नु भनेका छन् ।

ओटीटी प्लेटफर्महरुले बलिउडका महंगा फिल्मलाई सिधा ओटीटीमा रिलिज नगर्ने मनस्थिति बनाएका छन् । फिल्मको बक्स अफिसको व्यापार हेरेर मात्र ओटीटीको मूल्य तोक्ने उनीहरूको योजना छ । यद्यपि फिल्मका निर्माताहरू ‘ब्लाइण्ड’लाई थिएटरमा लगाउने या नलगाउने भन्ने विषयमा अन्योलमा छन् ।

सोनमको हातमा ‘ब्लाइण्ड’बाहेक कुनै पनि फिल्म छैन । ‘ब्लाइण्ड’ एक नेत्र हीन प्रहरी अधिकृतको कथा हो, जो एक सिरियल किलरको खोजीमा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप