ओटीटीले नकिन्दा रोकियो सोनमको ब्लाइण्ड
मुम्बई । हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर । अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाई सही साबित हुँदै गरेको देखिएको छ । सोनामको पछिल्लो दुई फिल्म ‘द जोया फ्याक्टर(२०१९)’ र ‘एक लड्कीको देखा तो ऐसा लगा(२०१८)’ बक्स अफिसमा पूर्ण रूपमा असफल भयो ।
यही बीचमा सोनमले विवाह गरिन् र आमा बनिन् । यो तमाम कुराबीच उनले बलिउडमा धेरै समय दिन सकिनन् र त्यसैको परिणाम स्वरूप उनको आगामी फिल्म ‘ब्लाइण्ड’ किन्न कुनै पनि ओटीटी प्लेटफर्म तयार छैनन् । यो फिल्म कोरियन फिल्म ‘ब्लाइण्ड’को अफिसियल रिमेक हो ।
यो फिल्म सन् २०२२ मा रिलिज हुनुपर्ने थियो । तर कोरोनाका कारण बक्स अफिसको अवस्था नाजुक थियो । ठुला स्टारको फिल्म पनि असफल भएको बेला निर्माताले ‘ब्लाइण्ड’ रिलिजको जोखिम लिन चाहेनन् । त्यहीकारण उनीहरुले फिल्मलाई ओटीटीमा रिलिज गर्न चाहे ।
तर फिल्मका निर्माताले ४० करोडको माग गरेपछि कुनै पनि ओटीटीले त्यो पैसा दिन तत्परता देखाएका छैनन् । उनीहरुले यति धेरै रकम दिनु घाटासँग सम्झौता गर्नु भनेका छन् ।
ओटीटी प्लेटफर्महरुले बलिउडका महंगा फिल्मलाई सिधा ओटीटीमा रिलिज नगर्ने मनस्थिति बनाएका छन् । फिल्मको बक्स अफिसको व्यापार हेरेर मात्र ओटीटीको मूल्य तोक्ने उनीहरूको योजना छ । यद्यपि फिल्मका निर्माताहरू ‘ब्लाइण्ड’लाई थिएटरमा लगाउने या नलगाउने भन्ने विषयमा अन्योलमा छन् ।
सोनमको हातमा ‘ब्लाइण्ड’बाहेक कुनै पनि फिल्म छैन । ‘ब्लाइण्ड’ एक नेत्र हीन प्रहरी अधिकृतको कथा हो, जो एक सिरियल किलरको खोजीमा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण