मोलुङ हाइड्रोले फागुन ४ देखि आईपीओ बिक्री खुलाउने
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा गएकाहरूका लागि आईपीओ बिक्री गरिसकेको छ ।
हाइड्रोपावारले साधारण सेयरका लागि जारी पुँजीको ३४ प्रतिशत सेयर छुट्टाएको छ । यसअनुसार स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरूका लागि र सर्वसाधारणका लागि गरी कुल २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो ।
जसमध्ये २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुटाइएको थियो । यस्तै, ५४ हजार ७५० कित्ता सेयर स्थानीयका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएको छ ।
सार्वजनिक बिक्रीका लागि छुट्याइएको मध्येबाट बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा फागुन १० गतेसम्ममा आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण