मोलुङ हाइड्रोले फागुन ४ देखि आईपीओ बिक्री खुलाउने

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा गएकाहरूका लागि आईपीओ बिक्री गरिसकेको छ ।
हाइड्रोपावारले साधारण सेयरका लागि जारी पुँजीको ३४ प्रतिशत सेयर छुट्टाएको छ । यसअनुसार स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरूका लागि र सर्वसाधारणका लागि गरी कुल २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो ।
जसमध्ये २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुटाइएको थियो । यस्तै, ५४ हजार ७५० कित्ता सेयर स्थानीयका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएको छ ।
सार्वजनिक बिक्रीका लागि छुट्याइएको मध्येबाट बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा फागुन १० गतेसम्ममा आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट