टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८,७०० नाघ्यो, थप बढ्ने अनुमान
टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८,७०० भन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीको विपद् व्यवस्था एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको सङ्ख्या ६,२३४ पुगेको छ ।
सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न गाह्रो भएको बताए । तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ ।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको सङ्ख्या १२८० नाघेको बताएको छ । यस्तै, उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन् । उनीहरूसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन् ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपत्काल घोषणा गरेका छन् । यो आपत्काल तीन महिनाको लागि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण