एमसीसी नेपाली जनताले अनुमोदन गरेका छैनन् : विप्लव
बुधबार, २५ माघ २०७९, १५ : ०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी अनुमोदन नगरेको दाबी गरेका छन् । उनले एमसीसीविरुद्ध आन्दोलन गर्ने भन्दै संसदबाट अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताए ।
‘लप्सेफेदीमा सिधै एमसीसी नआएर नेपाली मुखुण्डो लगाएर आउन खोजेको भन्ने सुनेका छौ । त्यो मुखुण्डो हामी उतार्छौ’। महासचिव विप्लवले भने, ‘वानेश्वरमा लडाई हुँदाहुँदै अमेरिकी भक्तहरूले पास गरेको हो एमसीसी । त्यसैले एमसीसी लागु हुँदैन । अथवा जनता एमसीसीविरुद्ध लड्दैछन् । त्यसमा तपाईँहरूको पनि हामीलाई साथ चाहिन्छ ।’
उनले महाकालीमा भारतीय पक्षले गरेको ज्याजतिमा पनि सरकार नबोलेको बताए । ‘त्यहाँ कोही बोलेन । भारतले पारीबाट बाँध खडा गरेर मूल सोझ्याउँदा झिनो स्वरमा मात्रै बोले । तर हाम्रो पार्टीले आन्दोलन गर्यो’, विप्लवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण