शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी नेपाली जनताले अनुमोदन गरेका छैनन् : विप्लव

बुधबार, २५ माघ २०७९, १५ : ०४
बुधबार, २५ माघ २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी अनुमोदन नगरेको दाबी गरेका छन् । उनले एमसीसीविरुद्ध आन्दोलन गर्ने भन्दै संसदबाट अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताए । 

‘लप्सेफेदीमा सिधै एमसीसी नआएर नेपाली मुखुण्डो लगाएर आउन खोजेको भन्ने सुनेका छौ । त्यो मुखुण्डो हामी उतार्छौ’। महासचिव विप्लवले भने, ‘वानेश्वरमा लडाई हुँदाहुँदै अमेरिकी भक्तहरूले पास गरेको हो एमसीसी । त्यसैले एमसीसी लागु हुँदैन । अथवा जनता एमसीसीविरुद्ध लड्दैछन् । त्यसमा तपाईँहरूको पनि हामीलाई साथ चाहिन्छ ।’ 

उनले महाकालीमा भारतीय पक्षले गरेको ज्याजतिमा पनि सरकार नबोलेको बताए । ‘त्यहाँ कोही बोलेन । भारतले पारीबाट बाँध खडा गरेर मूल सोझ्याउँदा झिनो स्वरमा मात्रै बोले । तर हाम्रो पार्टीले आन्दोलन गर्‍यो’, विप्लवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप