धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै विप्लवले भने– झरेर जाने पातको कुरा नगरौं
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विभाजित भएर गएको नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रति कटाक्ष गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै उनले झरेर जाने पातको कुरा नगरौैं भन्दै कटाक्ष गरेका हुन् । ‘झरेर जाने पातको कुरा नगरौं । पार्टीमा अहिले धेरै पालुवा पलाइसकेका छन् अब नयाँ पालुवा हुर्कार जानुपर्छ’ विप्लवले भने, ‘हामीसँग भएको टिम बलियो र व्यवस्थित टिम हो । यो छाँटिएर आएको छ ।’
यस्तै पत्रकार सम्मेलनमा महासचिव विप्लवले युवाहरुले बन्दुक र कलम दुबै बोक्नुपर्ने जिकिर गरे । बन्दुक र कलमको संयोजनले मात्रै देशमा वैज्ञानिक समाजवाद ल्याउन सकिने जिकिर गरे । ‘मैले बारम्बार भन्दै आएको छु । बन्दुक दिमागमा छ भने आफै आउँछ । बन्दुक ठुलो कुरा होइन’ विप्लवले भने, ‘विचार र दृष्टिकोणसहित अघि बढ्दा बन्दुक चाहिए आफै आउँछ ।’ तर, अहिलेको अवस्थामा युवाहरु बन्दुक र कलम दुबैलाई लिएर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण