आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नाजिरको कवितालाई प्रश्न : ‘मायामा यस्तो किन ?’

बुधबार, २५ माघ २०७९, २० : ३६
बुधबार, २५ माघ २०७९

काठमाडौंँ । अभिनेता नाजिर हुसेन र कविता रायको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ रिलिज गरिएको छ । 

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ । भिडियोमा देखाइएको नाजिर र कविताको प्रेम, बिछोड र मिलनले दर्शकको मन छुन्छ ।

एलिना चौहानको स्वर रहेको गीतमा शब्द तथा संगीत नरेश जोगीको छ । गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी छ ।

पिके फिल्मस्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको विश्वकर्माको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप