नाजिरको कवितालाई प्रश्न : ‘मायामा यस्तो किन ?’
बुधबार, २५ माघ २०७९, २० : ३६
काठमाडौंँ । अभिनेता नाजिर हुसेन र कविता रायको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ रिलिज गरिएको छ ।
बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ । भिडियोमा देखाइएको नाजिर र कविताको प्रेम, बिछोड र मिलनले दर्शकको मन छुन्छ ।
एलिना चौहानको स्वर रहेको गीतमा शब्द तथा संगीत नरेश जोगीको छ । गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी छ ।
पिके फिल्मस्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको विश्वकर्माको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण