बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका

पार्टी कार्यालयका सटर खाली गर्न ३५ दिने ‘अल्टिमेटम’
बुधबार, २५ माघ २०७९, २१ : ४६
बुधबार, २५ माघ २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका नगर विकास समितिका नाममा रहेका जग्गाको खोजीनीति र संरक्षण गर्ने भएको छ । त्यसका लागि सुरुमा नगर विकासको जग्गाको अवस्था पहिचान गर्ने भएको छ ‌।  त्यसपछि जग्गाको वर्तमान उपयोगको वास्तविक स्थिति सहितको प्रतिवेदन पेश गरि अतिक्रमण हटाउने निर्णय भएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

सरकारका नाममा रहेका तर व्यक्तिले हडपेका सरकारी जग्गाको खोजी गरि लगत कट्टा गराएर संरक्षण गर्ने उनले बताइन् । मंगलबार बसेको नगर विकास समितिको वैठकले सबैभन्दा पहिला राजनीतिक दलहरुको पार्टी कार्यालयमा बसेका सटरबाट एक्सन लिने निर्णय गरेको छ । राजनीतिक दलहरुले दलका पार्टी कार्यालयहरु व्यवसायिक रुपमा भाडामा लगाउँदै आएका छन्।

meting

उक्त  कार्य शिघ्र बन्द गराउने तयारीमा नगरपालिका अग्रसर भएको हो । ढकालका अनुसार दलहरुलाई ३५ दिने म्याद सहित सूचना दिएर व्यवसायिक सटर भाडा खाली गराउन पत्राचार गरिने छ । प्रदेश राजधानी वीरन्द्रनगरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयमा बनेका सटरबाट भाडा उठाइरहेका छन् ।

सरकारी जग्गा एउटा प्रयोजनका लागि भाडामा लिएको तर प्रयोग भने आफू खुशी गरेका जग्गामा बनेका संरचना खाली गरिने  नगरप्रमुख ढकालको भनाई छ ।  माओवादी केन्द्रले २ वटा र एमालले ८ वटा सटर व्यवसायिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका छन् ।

नगर विकास र जिल्ला समन्वय समितिका नाममा रहेको जग्गामा वषौंदेखि व्यक्तिले आफू खुशी संरचना बनाएर प्रयोग गर्दै आएका छन् । साथै पहुँचका आधारमा कम भाडा कबुल गरि केही व्यक्तिले महंगोमा भाडा लगाएर राज्यलाई करोडौं रकम घाटा लगाएको निष्कर्षमा नगरपालिका पुगेको छ ।

surkhet

ढकालका अनुसार भाडामा लगाउने विषयलाई निरुत्साहित गरि सार्वजनिक उपयोग र प्रयोगमा जोड दिइने नगरपालिकाको योजना रहेको छ । ‘प्लानिङ्गका समस्या समाधानका लागि कार्य जिम्मेवारी सहित उपसमिति गठन गरि राय सुझावको आधारमा समस्या समाधान गरिने छ,’ ढकालले भनिन ।

साथै बुधबारको बैठकले बुलबुले ताल र उद्यानको उचित संरक्षण र मर्मत सम्भार गरि समुचित व्यवस्थापन गर्न एक व्यवस्थापन उपसमिति गठन गरिने निर्णय गरेको । उक्त समितिले तालको संरक्षण र मर्मत सम्भारका कार्यक्रम अघि बढाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप