टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
विहीबार, २६ माघ २०७९, १७ : ५९

काठमाडौँ । इस्लामी संघ नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामाग्री पठाएको छ । टर्कीमा भूकम्पबाट पीडित भएकाहरूका लागि राहत सामाग्रीको रूपमा न्यानो कपडाहरू पठाएको हो । टर्किस एयरले न्यानो कपडाहरू लगेको हो । शक्तिशाली भूकम्पपछि हिउँ परिरहेकाले अत्यधिक चिसो छ । जसले गर्दा उनीहरूका लागि न्यानो कपडा आवश्यक पर्ने भन्दै न्यानो कपडाहरू, ज्याकेट, स्वीटर, ट्राउजर, स्लिपिङ ब्याग, ब्यालंकेट लगायतका सामाग्री पठाइएको संघका महासचिव अबुल कलम मियाले जानकारी दिए ।
उनीहरूले एक आपसमा सहयोग संकलन गरेर न्यानो कपडा किनेर पठाएका हुन् । टर्की पठाइएका राहत सामाग्रीहरूलाई टर्कीको विपद् व्यवस्थापन गर्ने निकाय अफादले वितरण गर्ने महासचिव मियाले बताए । थप सहयोग संकलन गरेर आवश्यक राहत सामाग्री पठाइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?