टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
बिहीबार, २६ माघ २०७९, १७ : ५९
काठमाडौँ । इस्लामी संघ नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामाग्री पठाएको छ । टर्कीमा भूकम्पबाट पीडित भएकाहरूका लागि राहत सामाग्रीको रूपमा न्यानो कपडाहरू पठाएको हो । टर्किस एयरले न्यानो कपडाहरू लगेको हो । शक्तिशाली भूकम्पपछि हिउँ परिरहेकाले अत्यधिक चिसो छ । जसले गर्दा उनीहरूका लागि न्यानो कपडा आवश्यक पर्ने भन्दै न्यानो कपडाहरू, ज्याकेट, स्वीटर, ट्राउजर, स्लिपिङ ब्याग, ब्यालंकेट लगायतका सामाग्री पठाइएको संघका महासचिव अबुल कलम मियाले जानकारी दिए ।
उनीहरूले एक आपसमा सहयोग संकलन गरेर न्यानो कपडा किनेर पठाएका हुन् । टर्की पठाइएका राहत सामाग्रीहरूलाई टर्कीको विपद् व्यवस्थापन गर्ने निकाय अफादले वितरण गर्ने महासचिव मियाले बताए । थप सहयोग संकलन गरेर आवश्यक राहत सामाग्री पठाइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण