बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली खेलकुद क्षेत्रलाई  व्यवस्थित बनाउन आवश्यक : उपसभापति खड्का

बिहीबार, २६ माघ २०७९, २० : ४१
बिहीबार, २६ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खेलकुद क्षेत्रलाई बिस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   

उनले नेपालले कराँते खेलको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिरहेको बताए । उनले नेपाली खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक, रजत पदक, कांस्य पदक प्राप्त गरेर नेपालको गौरव बढाउनुका साथै खेल क्षेत्रलाई पनि उचाइमा पु¥याएको बताए । 

उपसभापति खड्काले खेलकुदको विकासका लागि, खेलाडीहरूको उन्नति र प्रगतिका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपालको खेलकुद जगतको बिस्तार गर्न र खेलाडीहरु बढी प्रतिस्पर्धी रूपमा अघि बढाउन हौसला प्रदान गर्न सहयोग र सद्भावका कार्यहरूमा राज्यको तर्फबाट र राजनीतिक दल र राजनीतिक नेतृत्वको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

उपसभापति खड्काले नेपालको राजनीतिक इतिहासलाई जीवित बनाउन स्व.कृष्णप्रसाद भट्टराईको स्मृतिमा यस प्रकारका खेलकुद प्रतियोगिता हुनुले नेता भट्टराईको खेल जगसँगको सामीप्यलाई उजागर भएको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप