राजनीति
खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक
शुक्रबार, १९ असार २०८३, १४ : ५२
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो ।
बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी छन् । त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित छन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने नेता डा.महतले जानकारी दिए । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको समूह त्यसपछि पार्टीको सत्ता बाहिर छ ।
यसअघि सात प्रदेशमा आफ्नो समूहको भेला गरेको समूहका शीर्ष नेताहरूको यो बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
-
कर्मचारी नपठाएर मौलापुरको बजेट ‘फ्रिज’ गराउन खोजिएको मेयर साहको आरोप
-
बैतडी बस दुर्घटना अपडेट : चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
-
ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण