कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग
बिहीबार, २६ माघ २०७९, २१ : ४४
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ ।
महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै कर्जा ब्याजदर एक अङ्क कायम गर्न माग गरेको हो ।
महासङ्घले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर समान हुनुपर्ने, सहुलियत विना धितो कर्जालाई रु १५ लाखबाट बढाएर कम्तीमा रु २५ लाख र बैंक तथा वित्तीय संस्थाको लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्ने बताएको छ । गर्भनर अधिकारीले उद्योग तथा व्यवसायलाई अगाडि बढाउनका लागि राष्ट्र बैंक सकारात्मक रहेको धारणा सो अवसरमा व्यक्त गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण