टर्की–सिरिया भूकम्पमा परी हालसम्म २० हजारभन्दा बढीको मृत्यु
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएकाे चेतावनी दिएको छ ।
दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ ।
यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै खुल्न नसकेको बताएका छन् । विशेष गरी विगत केही वर्षदेखि गृहयुद्धको मार झेलिरहेको सिरियामा ।
यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको आपत्काल घोषणा गरेका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।
ओस्मानिये प्रान्तमा भइरहेको राहत तथा उद्धार कार्यको समीक्षा गरेपछि उनले भने, ‘यस भूकम्पले ठुलो जनधनको क्षति भएको छ, यसलाई शताब्दीकै विपत्ति भन्न सकिन्छ । राहत र उद्धार कार्यमा सहयोग गर्न हजारौँ मानिस अगाडि आए । देशका विभिन्न भाग र अन्य मुलुकबाट पनि यस क्षेत्रमा सबै प्रकारका सहयोग र सवारीसाधन ल्याइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण