शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुभम् पावरको आईपीओ बाँडफाँट

शुक्रबार, २७ माघ २०७९, १० : ४८
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । शुभम् पावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको  छ । यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्टाएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप