पैसा सबै कुरा होइन भन्दै अर्बपतिले पालेका छोराले छोडे घर
बाल्यकालमा अपहरणमा परेका एक व्यक्ति २७ वर्षको उमेरमा आफ्ना जैविक आमा–बुवा भए ठाउँ फर्किएका छन् । एक अर्बपति अभिभावकले उनलाई धर्मपुत्रको रूपमा पालेका थिए । तर युवकले पैसा नै सबै कुरा नभएको बताउँदै उक्त घर छोडेका छन् । तर धनाढ्य परिवार छोडेर आफ्नो जैविक आमाबुवाको घरमा गएका उनी पुनः धनी नै भएका छन् किनभने यी व्यक्तिका जैविक आमा–बुवा पनि निकै धनी छन् ।
युवक २५ वर्ष अघि उनी दुई वर्षको हुँदा अपहरणमा परेका थिए । यी व्यक्तिको पहिचान मेई झिकियांगको रूपमा भएको छ । उनी चीनमा बस्छन् । आफ्नो जैविक आमाबुवालाई भेटेपछि मेईले यस मामिलामा पहिलो पटक खुलेर कुराकानी गरेका छन् । उनले एक अन्तरवार्तामा भनेका थिए, ‘पैसाले खुसी किन्न सकिँदैन ।’
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार सन् १९९७ मा मेई त्यति बेला २८ महिनाका थिए । त्यति बेला उनलाई चीनको युनान प्रान्तबाट अपहरण गरियो । उनी आफ्नो घर बाहिर खेलिरहेका थिए । उनका आमा–बुवालाई उनी हराए भन्ने थाहा भएपछि उनीहरुले आफ्नो छाराको जताततै खोजी गरे । जुन दुई दशकसम्म जारी रह्यो । उनका पिताले छोराको खोजी गर्दाको आफ्नो अनुभव साझा गर्दै भने, ‘यस्तो लाग्यो कि मानौँ दुई पागलले आफ्नो बच्चा खोजिरहेका छन् । ’
उनीहरूको खोजीको गत जुनमा सुखद अन्त्य भयो जब उनीहरूका साथी डु सियाओहुआ, जसले १२ वर्षअघि अपहरणमा परेका आफ्नो छोरालाई पनि खोजिरहेका थिए, उनीहरूलाई दक्षिण पूर्वी चीनको फुजियान प्रान्तस्थित एक धनी परिवारमा बस्दै आएका मेई झिकियाङको डिएनए मिलाउन मद्दत गरे ।

मेईका आमा–बुवा
मानव तस्करले एक परिवारलाई बेच्यो
मेईका अनुसार मानव तस्करले उनलाई एक परिवारलाई बेचिदिएका थिए । मेई जुनियरले जिउपाई न्युजसँगको कुराकानीमा भने, ‘मानव तस्करमार्फत उनलाई एउटा परिवारले किनेको थियो । तर उनी असाध्यै दुब्लो, पातलो भएपछि त्यो परिवारले पनि उनलाई अर्बपति परिवारलाई बेचिदियो ।’
उनलाई धर्मपुत्रको रूपमा ग्रहण गर्ने उनका आमाबुवाका दुई छोरी र एक छोरा छन् । दुई छोरी उनीभन्दा जेठा थिए र छोरा भने उनीभन्दा कान्छा थिए । उनीहरूसँगै हुर्कँदा मेईलाई आफू उनीहरूको वास्तविक सन्तान होइनन् कि भन्ने धेरै पटक भान हुन्थ्यो ।
माध्यमिक विद्यालय पास गरेपछि उनी कहिल्यै विश्वविद्यालय गएनन् । उनलाई पालेका आमाबुवाकै अस्पतालमा उनी काम गर्न जान्थे । ‘पढ्नु बेकार हो’ भनेर उनले सोच्थे । मेईका जैविक पिताले छोरा हराएपछि आफूले कहिल्यै पनि चाडपर्व राम्रोसँग मनाउन नसकेको बताए ।

आमाबुवालाई भेटेपछि मेई
मेईकी दिदी र दुई भाइलगायत उनको पूरा परिवारले उनको जन्मदिन सधैँ मनाउँथे तर उनीहरू यति दुःखी हुन्थे कि केक कसैले पनि खान सक्दैनथ्यो । उनी एक दिन फर्कनेछन् भनेर उनका लागि घरसमेत किनेर राखिएको थियो ।
मेई अहिले आफ्नो जैविक आमाबुवाको फेमिली बिजनेस हेर्छन्, होटेलका लागि आपूर्ति गर्ने कम्पनी । अब उनका बुवाले मेईलाई कम्पनी कसरी चलाउने भनेर सिकाउने र पछि कम्पनीको सबै जिम्मेवारी उनैलाई सुम्पिने बताए ।
‘उनीहरू जति नै धनी भए पनि उनीहरूको माया हाम्रो भन्दा फरक हुन्छ । यस्तो माया जुन जैविक आमाबुवाले दिने गर्छन्,’ मेईका पितो जुइपाई न्युजलाई भने ।
मेईले आफ्नो जैविक
मेईका बुवा
परिवारको अगाडि रत्तिभर पनि असहज नलागेको बताए । उनले भने, ‘मलाई अलिकति पनि असजिलो लागेको छैन । म उहाँहरूको आँखामा मेरा लागि प्रेम देख्छु ।’
मेईले आफू भविष्यमा निकै साधारण र सामान्य जीवन बिताउन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण