महरा नेतृत्वको वार्ता टोलीले गर्यो ५ पार्टीसँग संवाद
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीले ५ पार्टीसँग संवाद गरेको छ । गत पुस २३ गतेको पदाधिकारी बैठकले महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोली सदस्यमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत छन् । महरा नेतृत्वको वार्ता टोलीले निरन्तर संवाद जारी राखेको वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए ।
‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र कर्णजित बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीसँग औपचारिक संवाद भएको छ’ पोखरेलले भने, ‘विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग महराजी र अध्यक्ष कमरेडले संवाद गर्नुभयो । औपचारिक वार्ता समिति मार्फत छलफल भएको छैन ।’ तर, पार्टी एकता गर्नेगरी फाइनल कुनै शक्तिसँग भइनसकेको पोखरेलले बताए ।
वार्ता समितिले निरन्तर संवादगरी रहेकाले कतिपय पार्टीसँग एकता हुनेगरी निर्णय हुने बताए । वार्ता समितिले एमाले बाहेकका शक्तिसँग एकता गरेर वामपन्थी ध्रुवीकरण गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण