जापानको सहयोगमा दाङमा बन्यो प्रसूति भवन
जापान सरकारको सहयोगमा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले आज एक समारोहबीच संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
दूतावाससँग भएको सम्झौताअनुसार सन् २०१९ सेप्टेम्बर २७ तारिखमा सम्झौता भई ३१ अगस्ट २०२१ मा सम्पन्न गर्नुपर्ने भएपनि विश्वभर फैलिएको कोभिड–१९ का कारण म्याद थप भई २०२२को मार्चमा उक्त भवन जापान सरकारको लगानीमानिर्माण सम्पन्न भएको हो ।
सो अवसरमा मन्त्री आचार्यले नेपाल र जापानबीचको दौत्य सम्बन्धको इतिहास निकै सुखद् रहेको बताए ।
कार्यक्रममा जापानी राजदूत युकाताले भवनको उच्चतम प्रयोग गर्न आग्रह गरे ।
जापान सरकारले गरेको रु एक करोड बराबरको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । थप रु २० लाख बराबरको सेवा विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक पर्ने क्लिनिकल औजार पनि व्यवस्थापन गरिएको छ ।
उक्त रकमबाट पाठेघरको मुखको क्यान्सर भएका बिरामीका लागि क्रायो मेसिन, अल्ट्रासाउन्ड मेसिन, प्रसूति शय्या, प्रयोगशाला सेवा विस्तारका लागि सेमी अटोएनालाइजर, माइक्रोस्कोप, सेन्ट्रिफयुजलगायत स्वास्थ्य सामग्री खरिद गरी सेवा बिस्तार भएको hजनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण