चीनको चिकित्सा सामग्री बोकेको विमान सिरिया पुग्यो
दमास्कस । चीनबाट आपत्कालीन चिकित्सा सामग्री बोकेको एउटा विमान सिरिया आइपुगेको छ ।
रेडक्रस सोसाइटी अफ चाइना (आरसीएससी) को विमान बिहीबार साँझ दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
चिनियाँ राजदूत शि होङवेईको उपस्थितिमा सिरियाली अरब रेड क्रिसेन्टलाई विमानस्थलमा चिकित्सा सामग्री हस्तान्तरण गरिएको छ ।
राजदूत शिले सिरियाले भूकम्पका कारण उत्पन्न विषम परिस्थितिमा सघाउन चीन सिरियाको साथमा रहेको बताए ।
सिरियाका स्वास्थ्य मन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्रसङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपत्कालीन मानवीय सहायतास्वरूप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ ।
साथै समितले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण